एकताको सन्देश फैलाउन रेशमको साइकल यात्रा
'नेपाली विविधता, शान्ति र एकता' भन्ने नारासहित दाङ, घोराहीका रेशम केसीले मेची–महाकाली साइकल यात्रा शुरु गर्दैछन् ।
३९ वर्षीय केसीले नेपालको पूर्वी सीमाना मेची पुलबाट २८ भदौदेखि मेची–महाकाली साइकल यात्रा शुरु गर्ने भएका हुन् ।
उनलाई दाङ्बाट एक कार्यक्रम गरी २६ भदौ विहान विदाइ गरिएको हो ।
साइकल यात्री केसीले आफ्नो यात्रा ९ असोजमा महाकालीमा पुगेर समापन हुने अनुमान गरेका छन् ।
"मेची नदीको पानी महाकालीमा मिसाएर राष्ट्रिय एकताको सन्देश दिन्छु," उनले भने, "यात्राका क्रममा पनि राष्ट्रिय एकता प्रवर्द्धन गर्नमै मेरो जोड हुनेछ ।"