हुवावेको ‘प्राइज एक–सा–एक, यो दशैंमा भाग्यशाली अनेक’ अफर
हुवावे उपभोक्ता व्यवसाय समूहले दशैं अफर घोषणा गरेको छ । ‘प्राइज एक–सा–एक, यो दशैंमा भाग्यशाली अनेक’ योजना अन्तर्गत हुवावेले हरेक हप्ता र हरेक १५ दिनमा उपहारहरु प्रदान गर्नेछ ।
लक्की ड्र मार्फत ग्राहकहरुले हरेक हप्ता १०० वटा पावर बैंक, २० वटा स्मार्टफोन र किट सहित ४ जाएन्ट साइकल प्राप्त गर्ने कम्पनीले जनाएको छ । विजेताको घोषणा हुवावेको अफिसियल फेसबुक पेज (/Huaweidevicenepal) मार्फत गरिने भएको छ । हरेक १५ दिनमा हुने लक्की ड्र मार्फत् दुई भाग्यशाली विजेताहरुले भेस्पा र रोयल इनफिल्ड मोटरसाईकल जित्न सक्नेछन् ।
विजेताहरुको घोषणा नेपाल टेलिभिजनबाट प्रसारण हुने नमस्ते नेपालमा प्रत्यक्ष लक्की ड्र मार्फत गरिने हुवावेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले हरेक हप्ता र हरेक १५ दिनका विजेताहरुलाई उपहार हस्तान्तरण गर्ने छिन् ।
योजनामा सहभागी हुन योजना अवधिभर हुवावेको कुनै पनि मोबाइल खरिद गर्ने ग्राहकहरुले १५ अङ्कको आईएमईआई नम्बर ३२२०० मा एसएमएस गर्नुपर्नेछ । अफर अवधिभर करिब पाँच सय ग्राहकहरु उपहार पाएर भाग्यशाली बन्ने हुवावेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो अफर २४ भदौदेखि २२ आश्विनसम्म सञ्चालन हुनेछ ।