थप समाचार शुक्रबार, भदौ २४, २०७३

हिज्जे बदल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

हिमालखबर

नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्य रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र लगायतलाई विपक्षी बनाई अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र पत्रकार टपेन्द्रबहादुर कार्कीले आज संयुक्त रुपमा सो निवेदन दायर गरेका हुन् ।

पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सदर गरेको नेपाली भाषाको हिज्जे बदली पाठ्यक्रममा राख्ने निर्णयविरुद्ध उत्प्रेषणको आदेशले बदर गर्न निवेदनमा माग गरिएको छ ।

निवेदनमा भनिएको छ, “वर्णविन्यास–विज्ञान व्याकरण तथा भाषाविज्ञानको विषय हो, संस्कृत वा नेपाली वर्णविन्यासको सम्बन्ध सृष्टि, अध्यात्म, तन्त्र, ज्योतिष आदि शास्त्रसँग समेत गहिरो रुपमा सम्बन्धित छ ।” हिज्जे बदल्ने प्रक्रियागत निर्णयबाट हालसम्म सही मानेको शब्द र वर्णविन्यासलाई अर्कै बनाएर लेख्नु पर्ने बाध्यता रहेको निवेदनमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस