मेगा ब्यांक ८औं वर्षमा
मेगा ब्यांक नेपाल लिमिटेड ८औं वर्षमा प्रवेश गरेको छ ।
८औं वर्षमा प्रवेश गरेको अवसरमा मेगा ब्यांकले सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने भएको छ । त्यसको शुरुआत प्रदेश नम्बर ५ को बुटवलबाट भइसकेको ब्यांकले जनाएको छ ।
ब्यांकले चालू आर्थिक वर्षभित्र टुरिजम डेभलपमेन्ट ब्यांकसँग मर्जरमा जाने पनि बताएको छ ।
ब्यांकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले चालू आवमा २० वटा नयाँ शाखा खोल्ने जानकारी दिएका छन । स्थानीय तहको चुनावले आर्थिक सम्भावनाका ढोका खोलेको भन्दै उनले नयाँ नगरपालिका र गाउँपालिकामा शाखा विस्तार गरिने जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा ब्यांकले एस्योरेन्स योजना पनि घोषणा गरेको छ । अब मेगा ब्यांकका ग्राहकले जीवन बीमा र निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सुविधा ब्यांकबाटै लिन सक्नेछन् ।
हाल मेगा ब्यांकको ४७ वटा शाखा र एउटा एक्सटेन्शन काउन्टर छ । यसैगरी, ५० वटा एटीएम र ५८ वटा शाखारहित ब्यांकिङ सञ्जाल रहेको छ ।