नेपाली जुत्ता घरमा समर मेला
नेपाली जुत्ता घरमा समर सेल मेला–२०७४ शुरु भएको छ ।
गर्मी यामलाई लक्षित गरी समर सेल मेला ४ साउनबाट शुरु भएको हो ।
मेलामा रु. ३०० देखि ५ हजारसम्मका जुत्ता तथा चप्पल खरिद गर्दा ५० प्रतिशतसम्म छुट दिइएको नेपाली जुत्ता घरले जनाएको छ ।
नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको विकासको लागि मेला आयोजना गरिएको जुत्ता घरले बताएको छ ।
मेलाले नेपाली ब्राण्डका जुत्ता चप्पल प्रयोग गर्न प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ ।
मेलामा शिखर शुज, विएफ डिएर हिल, क्रस रोड, कोसेली, टाकुरालगायतका ब्राण्डका जुत्ता चप्पल राखिएको छ ।