भाषा आयोग अध्यक्षमा लवदेव अवस्थी
सरकारले भाषा आयोगको अध्यक्षमा लवदेव अवस्थीलाई नियुक्त गरेको छ ।
आज, २३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले भाषा आयोगको अध्यक्षमा लवदेव अवस्थीलाई नियुक्त गरेको हो ।
लामो समय शिक्षा मन्त्रालयमा काम गरेका अवस्थी भर्खरै सचिवमा बढुवा भई मध्यक्षेत्रीय प्रशासन कार्यालय प्रमुखमा नियुक्त भएका थिए ।
आयोगका अन्य सदस्यहरुको नाम भने अझै टुंगो नलागेको सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
संविधानको धारा २८७ मा संविधान प्रारम्भ भएको एक वर्षभित्र सरकारले प्रदेशहरुको प्रतिनिधित्व हुने गरी भाषा आयोग गठन गर्ने व्यवस्था गरेको छ ।
त्यस्तै सरकारले १ र २ असोजमा भेनेजुएलामा हुने असंलग्न राष्ष्ट्रहरुको सम्मेलनमा भाग लिन उपराष्ट्रपति नन्दबहादुर पुनको नेतृत्वमा टोली पठाउने निर्णय गरेको छ ।