नबिल बैंकको चार नयाँ एटिएम
नबिल बैंकले चार वटा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौंको बुढानिलकण्ठ र पुतलीसडक तथा पर्साको विरगञ्ज र रुपन्देहीको लुम्बिनी प्रवेश द्वारमा नयाँ एटिएम सञ्चालनमा ल्याएको हो ।
चार नयाँ एटिएमसँगै नबिल बैंकको उपत्यकाभित्र ५४ र उपत्यका बाहिर ४६ गरि कूल १०० वटा एटिएम संख्या पुगेको छ ।
भिषा कार्ड, माष्टर कार्ड, युनियन पे अन्तर्राष्ट्रिय कार्ड र एससिटी कुनै पनि कार्डमार्फत एटिएमका सुविधाहरु उपभोग गर्न सकिने बैंकले जनाएको छ ।
नबिल बैंकले ५२ शाखा र १०० एटिएममार्फत देशव्यापी रुपमा सेवा प्रदान गरिरहेको छ ।