कफी ब्रेक एण्ड फुड फेष्ट सञ्चालनमा
काठमाडौं सितापाइलास्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा कफी ब्रेकको आउटलेट सञ्चालनमा आएको छ ।
कफीका साथै बेकरी आइटम, आइस टी, स्मोथिज, लस्सी र मिल्क सेक पनि पाइने कफी ब्रेकले जनाएको छ ।
गुणस्तरीय उत्पादन सहित स्तरीय सेवा आफ्नो मूख्य दायित्व भएको कफी ब्रेकले बताएको छ ।
कफी ब्रेकमा खुल्ला किचनकासाथै संयुक्त विलिङ प्रणाली रहेको छ ।
पोस हस्पिटालिटीले सञ्चालन गरेको कफी ब्रेक एण्ड फुड फेष्ट आगामी दिनमा नेपालभर विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।