नबिल बैंकद्वारा ४५ प्रतिशत लाभांश प्रस्ताव
नबिल बैंक लिमिटेडले ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । बैंकको ४३६ औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई ४५ प्रतिशत लाभांश दिन लागेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर आगामी साधारण सभामा प्रस्ताव लगिने बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७२\०७३ मा रु. ४ अर्ब ३५ करोड सञ्चालन मुनाफा गरेको थियो नबिलले २ अर्ब ८२ करोड खुद मुनाफा गरेको थियो । खुदनाफा अघिल्लो वर्षको भन्दा ३५ प्रतिशतले बढी हो ।