लुम्बिनी विकास बैंकको एकीकृत कारोबार शुरु
भिवोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेड मर्ज भएर बनेको लुम्बिनी विकास बैंकले एकीकृत कारोबारको शुभारम्भ गरेको छ ।
मर्जरपछि बनेको लुम्बिनी विकास बैंकको चुक्ता पुँजी रु.२ अर्ब ८८ लाख पुगेको छ भने रु.३६ करोड ३० लाख पुँजी समायोजन जगेडा कोषमा रहेको छ ।
बैंकले चुक्ता पुँजीको १० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने योजना बनाएको छ ।
हाल बैंकको कुल निक्षेप रु. १७ अर्ब, कर्जा रु. १५ अर्ब ५८ करोड छ । मर्जरसँगै बैंकले ४९ वटा शाखा र १२ वटा एटीएममार्फत सेवा शुरु गरेको छ ।