अटो लोनको सीमा बढ्यो, अब ३५ प्रतिशत डाउनपेमेन्ट गरे पुग्ने
नेपाल राष्ट्र बैंकले अटो लोन (गाडी कर्जा)को सीमा बढाएको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले अटो लोनको सीमा बढाएको हो ।
यसअघि ग्राहकले गाडी किन्दा ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने र ५० प्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्था थियो ।
राष्ट्र बैंकको नयाँ नीतिसँगै गाडी किन्दा ग्राहकले ६५ प्रतिशतसम्म ऋण लिन पाउने भएका छन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधी समीक्षा गर्दै राष्ट्र बैंकले अटो लोनमा कडाई गरेपछि व्यवसायीहरुले त्यसको विरोध गर्दै सीमा बढाउनुपर्ने माग गर्दै आएका थिए ।