केएल मोबाइल एक्स्पो ३१ असारसम्म चल्ने
राजधानीको चाबहिलस्थित केएल टावरमा जारी मोबाइल एक्स्पो ३१ असारसम्म चल्ने भएको छ ।
एक्स्पोमा विभिन्न २३ ब्राण्डका मोबाइलको कारोबार भइरहेको छ ।
स्टक क्लियरेन्सका केही मोबाइल सेटमा ६० प्रतिशतसम्म छुट दिइएको केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
एक्स्पोमा मोबाइल खरिदसँगै एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेसिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्थासमेत गरिएको ग्लाइडरले जानकारी दिए ।
त्यस्तै हरेक मोबाइलको खरिदमा ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर रहेको केएल मोबाइल हबले जनाएको छ ।