मिर्गौला पीडितद्वारा अस्पतालमै आत्महत्या
मिर्गौलाले काम गर्न छोडेपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका लागि भर्ना भएका एक युवकले आत्महत्या गरेका छन् ।
दोलखाकोको मालुका १८ वर्षीय विजय खडकाले अस्पताल भवनकै तीन तलामाथिको झ्यालबाट हाम फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनले बिरामी कक्षको तीन तलाबाट गए राति हामफाल्दा गम्भीर घाइते भएकोमा अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।