एनसेलको फोरजी सेवा विस्तार
एनसेलले फोरजी सेवा कास्कीको पोखरा र तनहुँको दमौलीमा विस्तार गरेको छ ।
एनसेलले १८ जेठदेखि काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा शुरु गरेको थियो ।
कम्पनीले सन् २०१७ भित्र १५ शहरमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।
फोरजी सिम नलिएका ग्राहकले आफुले प्रयोग गरिरहेको सिमलाई एनसेल सेन्टरमा फोरजी चल्ने सिम (युसिम)सँग निःशुल्क साट्न सकिने एनसेलले जनाएको छ ।
पोखरा र दमौलीसँगै १० प्रतिशत जनसंख्याको बीचमा फोरजी सेवा पुगेको एनसेलले जनाएको छ ।
फोरजी सेवाको विस्तारसँगै एनसेलले साप्ताहिक कम्बो प्याक ‘वान प्लान’ पनि ल्याएको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार रु १५०, ३०० र रु ५०० को प्याक खरिद गरि डेटा, टक टाइम र एसएमएसको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।