महान्यायाधिवक्ता फुँयालद्वारा राजीनामा
महान्यायाधिवक्ता हरि फुँयालले पदबाट राजीनामा दिएका छन् ।
सरकारका कानूनी सल्लाहकार फुँयालले २० साउनबाट लागू हुने गरी प्रधानमन्त्री कार्यालय मार्फत राष्ट्रपति समक्ष आज राजीनामा दिएका हुन्।
६ वैशाखमा महान्यायाधिवक्तामा नियुक्त भएका फुँयालले सरकार परिवर्तन भएसँगै महान्यायाधिवक्ता पनि परिवर्तन हुने प्रचलन अनुसार राजीनामा दिएका हुन्।