घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी निर्वाचित
दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका नरुलाल चौधरी मेयरमा निर्वाचित भएका छन् ।
चौधरीले २२ हजार ३० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४८४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि एमालेकै सिता न्यौपाने २० हजार ७९२ मतका साथ निर्वाचित भएकी छन् । न्याैपानेकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले १७ हजार ६०३ मत प्राप्त गरेकी छन् ।
घोराहीमा निर्वाचित भएसँगै उपमहानगरपालिकामा एमालेले खाता खोलेको छ । दाङको अर्को उपमहानगरपालिका तुलसीपुर, सुनसरीको धरान र इटहरी, रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पनि एमाले अग्र स्थानमा छ ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा भने राप्रपा अगाडि छ ।