बैङ्किङ साक्षरता कार्यक्रम
भिबोर सोसाइटी डेभलपमेन्ट बैङ्कले तनहुँको चन्द्रावती र अरनिको उच्च माध्यमिक विद्यालयमा बैकिङ् साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यार्थीहरूलाई बैङ्क तथा बैंकिङ् क्षेत्र सम्बन्धी ज्ञान दिन, रकम बचत गर्न र बैङ्किङ कारोबारको बारेमा जानकारी दिन कार्यक्रम सञ्चालन गरिएको बैङ्कले जनाएको छ ।
कार्यक्रममा माध्यमिकदेखि स्नातक तह सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।