कुमारी बैंकको एकीकृत कारोबार शुरु
कुमारी बैंक लिमिटेडले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडसँग मर्ज गरेर एकीकृत कारोबार शुरु गरेको छ ।
कुमारी बैंक लिमिटेडले गत जेठमा नेपाल राष्ट्र बैंकबाट चार संस्थालाई मर्ज गरेर एकीकृत कारोबार गर्न स्वीकृति पाएको थियो ।
मर्जपछि कुमारी बैंकको चुक्ता पुँजी रु ६.२ अर्ब पुगेको छ ।