पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ
पूर्वमन्त्री श्यामसुन्दर गुप्ता एक महिला ब्यवसायीलाई धम्काएको आरोपमा ललितपुरबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरले एक महिला ब्यवसायीसँग ५० लाख रुपैयाँ माग्दै नदिए अपहरणको धम्की दिएको अरोपमा गुप्तालाई ललितपुरको ताल्छिखेलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गुप्तालाई अपहरण तथा शरीर बन्धक उद्योगमा मुद्दा चलाउन थप अनुसन्धानका लागि अदालतबाट थुनामा राख्न चार दिनको म्याद लिइएको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।
यसअघि २०६८ सालमा व्यापारी पवन सांघाईलाई अपहरण गरी रकम असुली गरेको अभियोगमा पक्राउ परेका गुप्ता तीन वर्ष जेल बसेका थिए ।
सभासद एवम् आपूर्ति मन्त्री रहिसकेका गुप्ताले सदभावना पार्टी यूनाइटेड गठन गरेका थिए ।