महिला बेचविखनका दलाल मधेशमा सक्रिय
मानव बेचविखनविरुद्धको दशौँ राष्ट्रिय दिवस वीरगंजमा पनि मनाइएको छ ।
पर्सा जिल्ला सीमाक्षेत्र भएकाले पनि यहाँ मानव बेचविखनका गतिविधि बढी हुने गरेको सरोकारवालाहरु बताउँछन् ।
आर्थिक वर्ष २०७२/०७३ मा मात्रै माईती नेपालले पर्साको नेपाल–भारत सीमा क्षेत्रबाट २५० जना बेचविखनमा परेका महिलालाई उद्धार गरेको थियो । जसमध्ये अधिकांश महिला मधेशी समुदायका थिए ।
पहिले मानव बेचविखनका दलालहरुले पहाडका विकट गाउँका महिलालाई बेचविखनको निशाना बनाउने गरेकोमा पछिल्लो समयमा मधेशी समुदायका चेलीबेटी दलालको निशानामा रहेको माइती नेपालले जनाएको छ ।
दिवसको अवसरमा मानव बेचबिखन तथा ओसार पोसार नियन्त्रण जिल्ला समन्वय समिति पर्सा, माईती नेपाल, महिला तथा बालबालिका कार्यालय, सानो पाईला र पत्रकार महिला समूह पर्सा लगायतका संस्थाको आयोजनामा र्याली निकालिएको छ ।
र्यालीपछि आयोजित कोणसभामा सरोकारवालाहरुले मानव वेचविखन नियन्त्रणका लागि अझै कडा कदम चालिनु जरुरी रहेको बताएका थिए
जियालाल साह, वीरगञ्ज