सर्वोच्चद्वारा राजदूत नियुक्तिका लागि बाटो खुल्ला
सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।
न्यायाधीश गोपाल पराजुली र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । सो आदेशसँगै सरकारलाई राजदूत नियुक्तिका लागि बाटो खुलेको छ ।
वर्तमान सरकारले अघिल्लो सरकारले नियुक्तिका लागि सिफारिस गरेका २१ मध्ये १४ राजदूतको सिफारिस फिर्ता लिएको थियो । तर, उनीहरुले सर्वोच्चमा रिट दायर गरेपछि निर्णय यथास्तितिमा राख्न आदेश भएको थियो ।
आदेशमा भनिएको छ, “कार्यपालिकाले राष्ट्रिय प्रतिनिधित्व गर्न निर्देशन र नियन्त्रणमा रही काम गर्नुपर्ने हुँदा कार्यपालिकाले नियुक्ति वा बर्खास्त गर्न पाउने छ ।”