एनआईसी एशिया बैंकको नयाँ शाखा दुहवी, सुनसरीमा
एनआईसी एशिया बैंकले १०८ औं शाखा सुनसरीको दुहवीमा सञ्चालनमा ल्याएको छ ।
दुहवी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोदकुमार चौधरी र दुहवी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीले संयुक्त रुपमा शाखको उद्घाटन गरेका हुन ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा चाँडै नै थप शाखा संचालन गर्ने योजना रहेको जनाएको छ ।