किर्तिपुरमा एभरेष्ट बैङ्कको एटिएम सेवा
ग्राहकलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैङ्कले किर्तिपुरमा आफ्नो ८९ औँ एटिएम सेवाको शुरुआत गरेको छ ।
किर्तिपुर नगरपालिकाका मेयर रमेश श्रेष्ठ र एभरेष्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले एटीएम सेवाको उद्घाटन गरेका हुन् ।
बैङ्कका नायब महाप्रबन्धक राजीव जैनले सेवा विस्तार गर्ने रणनीति अन्तर्गत आगामी दिनमा बैङ्कले देशका विभिन्न स्थानमा आउटलेट खोल्ने योजना बनाएको जानकारी दिए ।
एभरेष्ट बैङ्कले नेपालभरी ८९ एटिएम, ६० शाखा, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व सङ्कलन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।