जेडटिई स्मार्टफोन बजारमा
नेपालका लागि जेडटिई मोबाइलको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेजले जेडटिइ ब्लेड ए–२ प्लस स्मार्टफोन सार्वजनिक गरेको छ ।
ब्लेड ए–२ प्लसमा ४ जिबी र्याम र ३२ जिबीको इन्टर्नल स्टोरेज रहेको छ । स्मार्टफोनमा १.५ गिगाहर्जको अक्टा–कोर मिडियाटेक एमटी ६७५० टि प्रोसेसर प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
ब्लेड ए–२ प्लसमा ५००० एमएएचको नन रिमुभेबल ब्याट्री प्रयोग गरिएको छ । ब्लेड ए–२ प्लसमा ५.५ इन्चको एचडी डिस्प्ले रहेको छ ।
यसमा १३ मेगापिक्सलको रियर र ८ मेगाफिक्सलको फ्रन्ट क्यामेरा प्रयोग भएको कम्पनीले जनाएको छ ।