उपत्यकामा लेनोभो मोबाइलकाे दुई नयाँ शोरुम
लेनोभो स्मार्ट फोनले उपत्यकामा दुई नयाँ शोरुमको शुरुआत गरेको छ ।
लेनेभोको विक्रेता लाइफकमले ललितपुरको पुलचोक र काठमाडौंको दरबारमार्गमा शोरुम सञ्चालनमा ल्याएको हो ।
लेनोभा स्मार्ट फोनको बजार मागका कारण शोरुम थपिएको कम्पनीले जनाएको छ । दुवै शोरुमबाट लेनोभा फोन विक्रीका साथै विक्रीपश्चातको सेवा दिइने छ ।
लेनोभा स्मार्ट फोनको नेपालका लागि आधिकारिक विक्रेता लाइफकमले चाँडै मोटोरोला फोन पनि भित्र्याउने योजना रहेको जनाएको छ ।