बस पल्टिंदा एककोे मृत्यु, १७ घाइते
बाराको निजगढमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका सिरहाको मिर्चैया–५ की ६० वर्षीया मुङ्गकीदेवी साहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये मिर्चैयाका ४५ वर्षीय राजकुमार साह, ५२ वर्षीय नारायण साह, ५८ वर्षीय अनेरु धनायक, ५७ वर्षीया कुमारीदेवी सुनार, ४५ वर्षीया केबलीदेवी मण्डलको अवस्था गम्भीर छ ।
भारतको वैष्णोदेवी लगायतको तिर्थ यात्रा गरी ना.४.ख.५१९९ नम्बरको बसमा घर फर्कने क्रममा बाराको निजगढमा बस पल्टिएको थियो ।
चालक निदाएका कारण दुर्घटना भएको बसमा सवार यात्रीले बताएका छन् ।
घाईतेहरुको वीरगञ्जमा उपचार भइरहेको छ ।
श्याम गुप्ता, बारा