ग्लोबल आइएमई बैङ्कको फिदिम एक्सटेन्सन शाखामा परिणत
ग्लोबल आइएमई बैङ्कले फिदिम एक्सटेन्सन काउण्टरलाई् शाखामा परिणत गरेको छ ।
पाँचथर जिल्लाको आर्थिक गतिविधिमा टेवा पुर्याउने उद्देश्यले बैङ्कले एक्सटेन्सन काउण्टरको रूपमा रहेको काउण्टरलाई शाखामा परिणत गरेको हो ।
यससंगै ग्लोबल आइएमई बैङ्कको शाखा सङ्ख्या ९६ पुगेको छ । उक्त शाखाबाट रकम निकाल्न, राख्न, कर्जा प्रवाह गर्न साथै लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने बैङ्कले जनाएको छ ।