च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भारतलाई १८० रनले हरायो
लन्डनको ओभल मैदानमा भएको च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पाकिस्तानले भारतलाई १८० रनले हराएको छ ।
पाकिस्तानले दिएको ३४० रनको लक्ष्यलाई पछ्याउँदै मैदानमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो ।
आजको खेलमा भारतीय टिमको शुरुवात नै राम्रो हुन सकेन । रोहित शर्मा शुरुमा शून्य रनमै आउट भए भने कप्तान विराट कोहलीले दुई रनमात्रै बनाए । एमएस धोनीले पाँच र केदार जाधवले चार रन मात्रै बनाए ।
शिखर धवनले २१ र युवराज सिंहले २२ रन बनाए । भारतका लागि सबैभन्दा धेरै हार्दिक पान्ड्याले ७६ रन बनाए ।
यसअघि पाकिस्तानका तर्फबाट सबैभन्दा धेरै फखर जमनले ११४ रन बनाएका थिए । यो उनको वान डेमा पहिलो शतक थियो । अजहर अली ५९ रनमा आउट भए भने मोहम्मद हफिज ५७ रनमा नटआउट रहे । बाबर आजमले पनि ४६ रन बनाए ।
भारतका भुवनेश्वर कुमार, केदार जाधव र हार्दिक पान्ड्याले एक एक विकेट लिए ।