ओम र मनास्लु विकास बैंकको संयुक्त कारोबार शुरु
ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक गाभिएर बनेको “ओम डेभलपमेन्ट बैंक लिमिटेड” को कारोबार शुरु भएको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले बैंकको संयुक्त कारोबारको उद्घाटन गरेका हुन् ।
दुई बैंक मिलेर बनेको ओम डेभलप्मेन्ट बैंकको चुक्ता पुंजी करिब १ अर्ब ६६ करोड, निक्षेप १५ अर्ब ४० करोड र कर्जा १३ अर्ब ८० करोड पुगेको छ ।
बैंकको देशभर ४१ वटा शाखा रहेका छन् ।