सञ्चालनको तयारीमा केएल मोबाइल हब
मोबाइल खरिदमा हातखाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आउने भएको छ ।
२३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने हब ५ असारदेखि राजधानीको चाबहिलस्थित केएल टावरमा सञ्चालनमा आउन लागेको हो ।
केएल मोबाइल हबमा मोबाइल खरिद गर्दा लक्की ड्र मार्फत मलेसिया र सिंगापुर भ्रमणको प्याकेज र सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ दिइने हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।