अनाथ बालबालिकालाई हिमालयन बैङ्कको सहयोग
हिमालयन बैङ्क लिमिटेडले बुढानिलकण्ठस्थित अनाथ असहाय बाल सुधार सङ्घका बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।
बैङ्कले सहयोग स्वरूप बालसुधार सङ्घमा रहेका २८ जना बालबालिकाहरुलाई विद्यालय पोशाक तथा जुत्ता प्रदान गरेको हो ।
बैङ्कका तर्फबाट प्रमुख व्यवस्थापक बिपिन हाडाले बालबालिकाहरुलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई सहयोग हस्तान्तरण गरेको बैङ्कले जनाएको छ ।