नेपाल र यमनको खेल गोलरहित बराबरी
एसियन कप छनोट अन्तर्गत नेपाल र यमनबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
सशस्त्र प्रहरीको मैदान हलचोक काठमाडौंमा आज भएको खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेर अङ्क बाँडेको हो ।
आजको खेलसँगै समूह एफमा रहेको नेपाल एक अङ्कसहित तेस्रो स्थानमा छ । यमन चार अङ्कसहित पहिलो, फिलिपिन्स तीन अङ्कसहित दोस्रो र अंकविहीन ताजकिस्तान चौथो स्थानमा छ । नेपालले अर्को खेल ताजकिस्तानसँग खेल्नेछ ।