आर्मीलाई ललित मेमोरियल च्याम्पियनसीपको उपाधि
दोस्रो ललित मेमोरियल यु–१८ च्याम्पियनसीपको उपाधि नेपाल आर्मी क्लबले जितेको छ । यु–१८ आर्मीले संकटा यु–१८ लाई १–० गोलले पराजित गरेको हो । आर्मीका लागि एरिक विष्टले ५२ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित च्याम्पियनसीप विजेताले रु. तीन लाख र उपविजेताले रु. एक लाख ५० हजार प्राप्त गरे ।
एन्फाका उपाध्यक्ष स्व. ललितकृष्ण श्रेष्ठको स्मृतिमा गतवर्षदेखि प्रतियोगिता आयोजना गर्न थालिएको हो ।