राईनो ५०० डी फलामे छडको टेक्निकल मिट
शङ्कर ग्रुप अन्तर्गतको जगदम्बा स्टील्सले ग्यारेण्टिड डक्टिलिटी सहितको एफई ५००डी राईनो स्टील्स् फलामे डन्डीको टेक्निकल मिटको आयोजना गरेको छ ।
राईनो ५०० डी को सम्बन्धमा प्राविधिक जानकारी दिन कम्पनीले इन्जिनियरहरुका लागि टेक्निकल मिटको आयोजना गरेको हो ।
कम्पनीद्वारा आयोजित टेक्निकल मिटमा जगदम्बा स्टील्स प्रालिका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर आनन्द नेपालले उत्पादन प्रक्रिया, भौतिक तथा रासायनिक गुणको समिश्रणलगायत कारणले राईनो ५०० डी बलियो रहेको बताए ।
५०० डीमा कम्पनीले सल्फर र फसफोरसको समिश्रणको ०.०७५ प्रतिशत मात्र भएको जनाएको छ ।