सिप्रदी ट्रेडिङ्ग उत्कृष्ट डिष्ट्रिव्युटर अर्वाडबाट सम्मानित
सिप्रदी ट्रेडिङ्ग प्रालि टाटा मोटर्सको उत्कृष्ट डिष्ट्रिव्युटर अवार्ड–२०१६ बाट सम्मानित भएको छ ।
नेपालको लागी टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि भारतमा सम्पन्न टाटा मोटर्स ग्लोबल एचिभमेन्ट अवार्ड २०१६ कार्यक्रममा सर्वोकृष्ट डिष्ट्रिव्युटर घोषित भएको हो ।
युरोप, अफ्रिका र एसियाका गरी विश्वका ४५ देशबाट प्रतिनिधित्व गर्ने टाटा मोटर्सको वितरक मध्येबाट सिप्रदी ट्रेडिङ्ग प्रालि उत्कृष्ट भएको हो ।
त्यस्तै सिप्रदी ट्रेडिङ्ग अन्य आठ वटा विधामा पनि उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ ।
सन् १९८२ मा स्थापित सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्सका गाडीहरु नेपालमा विक्री वितरण गर्दै आइरहेको छ ।