जियोनी को सेल्फी मास्टर–एससिक्सएस
जियोनी ले सेल्फी मास्टर लाइनअपमा एससिक्सएस मोडलको मोबाइल सेट सार्वजनिक गरेको छ । यो मोडलमा १३ मेगापिक्सेलको सोनी आईएमएक्स २५८ रियर क्यामेरा, एलईडी फ्ल्यास र स्क्रिन फ्ल्याससहितको फ्रन्ट क्यामेरा छ । क्यामेराले मधुरो प्रकाशमा पनि उज्यालो सेल्फी खिच्न सक्ने कम्पनीको दाबी छ ।
मेटालिक युनिबडी रहेको एससिक्सएसमा २.५ डी वाटर ड्रप डिस्प्ले छ । १.३ गिगाहर्ज प्रोसेसर, ३ जीबी ¥याम र ३२ जीबी इन्टरनल स्टोरेज रहेको छ, जसलाई १२८ जीबीसम्म बढाउन सकिन्छ । फिङ्गरप्रिन्ट स्क्यानरसहितको यो स्मार्टफोनको डुअल सिम सेटमा ३१५० एमएएचको ब्याट्री छ भने एन्ड्रोइड ६.०.१ मा आधारित जियोनी को आफ्नै युआई अमिगो ३.२, क्यामेरा सफ्टवेयर इमेज प्लस र भिडियो एडिटर पनि उपलब्ध छ । मोका गोल्ड र लाते गोल्ड गरी दुई रंगमा उपलब्ध यो फोनको मूल्य रु.२५ हजार ९९९ छ ।