केटिएमको नयाँ बाइक बजारमा
नेपालका लागि केटिएम बाइकको आधिकारिक विक्रेता हंसराज हुलासचंद कम्पनीले केटिएम बाइकका नयाँ मोडल नेपाली बजारमा भित्र्याएको छ ।
कम्पनीले आरसी–३९०, आरसी–२००, ३९०, २५० र २००–डियूक गरी पाँच नयाँ मोडल सार्वजनिक गरेको हो ।
नयाँ मोडलमा स्लिपर क्लच, एबिएसलगायतका प्रिमियम सुविधा रहेको कम्पनीले जनाएको छ । त्यस्तै आरसी–२०० मा अल्मुनियम स्वीङ आर्म, ट्रेलिस फ्रेम र अपसाइड डाउन सस्पेन्सनलगायतको सुविधा रहेको छ ।
नेपालमा आरसी–३९० को ६ लाख ८९ हजार ९ सय, आरसी–२०० को ५ लाख २९ हजार ९ सय मूल्य तोकिएको छ । त्यस्तै डियूक–३९० को ६ लाख ९९ हजार ९ सय, डियूक–२५० को ५ लाख ३४ हजार ९ सय र डियूक–२०० को ४ लाख ४४ हजार ९ सय रुपैंया मूल्य तोकिएको कम्पनीले जनाएको छ ।