विश्वका उत्कृष्ट १०० ब्राण्डमा हुवाई पनि
चिनियाँ मोबाइल कम्पनी हुवाई फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका उत्कृष्ट १०० कम्पनी अन्तर्गत परेको छ ।
फोब्र्सले सन् २०१७ का लागि विश्वभरका कम्पनीको मूल्याङ्कन गरेर सूची सार्वजनिक गरेको हो । विश्वबजारको हिस्सा, लगानी, ब्राण्डको मूल्य आदिको आधारमा सूची सार्वजनिक गरेको फोर्ब्सले जनाएको छ ।
हुवाई ८८ औँ नम्बरमा परेको छ र सन् ०१७ को उत्कृष्ट कम्पनीमा पर्ने चीनको एकमात्र ब्राण्डसमेत बनेको छ । हुवाईले विश्वबजारमा ९.३ प्रतिशत स्मार्टफोनको बजार हिस्सा ओगटेको फोर्ब्सले उल्लेख गरेको छ ।