नबिल बैङ्क र ब्रिटिस काउन्सिलबीच सम्झौता
नबिल बैङ्क लिमिटेड र ब्रिटिस काउन्सिलले आइएलटिएसलगायत विभिन्न टेस्ट परीक्षाको शुल्क सङ्कलनका लागि सम्झौता गरेका छन् ।
नबिल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोशी र ब्रिटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने परीक्षामा सहभागी हुने विद्यार्थीहरूले तिर्नुपर्ने शुल्क नबिल बैङ्क लिमिटेडका निश्चित शाखाहरुमा जम्मा गर्नुपर्नेछ ।
बैङ्कले मोफसलका शाखाहरु बुटवल, बिराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज, बिर्तामोड, पोखराबाट १ असारदेखि र काठमाडौँ उपत्यकामा तिनधारा, ललितपुर, कौशलटार, महाराजगञ्ज, नयाँसडक, नयाँ बानेश्वर, कान्तिपथ, बालाजु, चाबहिलबाट ४ असारदेखि सेवा सञ्चालन हुने जनाएको छ ।
नबिल बैङ्कले देशभरका ५२ शाखा र ९९ एटिएममार्फत बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ ।