मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित
भारतसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । भारतको मुम्बई फुटबल एरिनामा २३ जेठमा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको हो ।
मध्यान्तरअघि नेपालले केही राम्रो अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकियो । पहिलो हाफको अन्त्यतिर नवयुग श्रेष्ठ खालीपोस्टमा गोल गर्न चुकेका थिए ।
भारतले ६० औं मिनेटमा सन्देश झिङगाङको गोलले अग्रता लिएको थियो । कप्तान विराज महर्जन ६८ औं मिनेटमा रातो कार्ड पाएर बाहिरिएपछि टीम नेपाल दवावमा आएको थियो । १० खेलाडीमा सीमित नेपालविरुद्ध जेजे एलले ७८ औं मिनेटमा दोस्रो गोल गरेर अग्रता दोब्बर पारेका थिए ।
एएफसी एसियन कप २०१९ को छनोट चरणको तयारी स्वरुप टीम नेपाल मुम्बईमा खेल्न गएको हो । एसियन कप क्वालिफायर्स् अन्तर्गत नेपाल र यमनबीच ३० जेठमा हलचोक मैदानमा खेल हुँदैछ ।
फिफा वरियतामा नेपालमा १६९ औंमा छ भने भारत १०० औं र यमन १२४ औं स्थानमा छ ।
गोलकिपर
किरणकुमार लिम्बु
विकेश कुथु
विशाल श्रेष्ठ
डिफेन्डर
विराज महर्जन
आदित्य चौधरी
अनन्त तामाङ
कमल श्रेष्ठ
देवेन्द्र तामाङ
जितेन्द्र कार्की
विमल बस्नेत
मिडफिल्डर
रोहित चन्द
विशाल राई
हेमन गुरुङ
अञ्जन विष्ट
सुजल श्रेष्ठ
सुमन लामा
हेमन्त थापा मगर
फरवार्ड
बिमल घर्ती मगर
भरत खवास
नवयुग श्रेष्ठ