वातावरण दिवसमा लक्ष्मी बैङ्कको साथ
विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी बैङ्कले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई वृक्षारोपन कार्यक्रममा सहयोग गरेको छ ।
आज लक्ष्मी बैङ्कका प्रतिनिधि र स्वास्थ्य विज्ञान संस्थानका विद्यार्थीहरूले संस्थान परिसरभित्र करिब ७ सय बिरुवा रोपेका छन् ।
लक्ष्मी बैङ्कले आफूलाई “हरित कम्पनी”को रूपमा चिनाउने प्रयत्न गरिरहेको छ । बैङ्कले वातावरणमैत्री अभियानलाई तीव्र बनाएको दाबी गरेको छ । दीर्घकालीन रूपमा बैङ्कले “एक खाता एक रुख” “सोलार लोन” “साइकल लोन” लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
वृक्षारोेपन कार्यक्रमलाई राष्ट्रिय प्रकृति संरक्षण कोष र जिल्ला वन कार्यालय काठमाडौंले प्राविधिक सहयोग गरेको थियो ।