नेपालको फिफा वरियतामा सुधार
टीम नेपाल फिफा वरियतामा चार स्थानमाथि उक्लेको छ । विश्व फुटबल महासंघले १८ जेठमा सार्वजनिक गरेको वरियता अनुसार ११६ अंक जोडेको नेपाल १६९ औं स्थानमा पुगेको हो ।
भुटान सहित चार वटा दक्षिण एसियाली देश नेपाल भन्दामाथि छ । वरियतामा छिमेकी भारत १०० औं, १५६ औं अफगानिस्तान १५८ औं र भुटान १६६ औंस्थानमा छन् । नेपालभन्दा पछि परेको बंगलादेश १९२, श्रीलंका १९७ र पाकिस्तान २०० औं स्थानमा छन् ।
वरियताको पहिलो स्थानमा ब्राजिल, दोस्रोमा अर्जेन्टिना, तेस्रोमा जर्मनी, चौथोमा चिली र पाँचौमा कोलम्बिया कायम छन् ।