एमालेले झापाका दुई गाँउपालिकाका महिला उमेदवार परिवर्तन गर्यो
नेकपा एमालेले झापाका दुई गाँउपालिकामा अध्यक्ष पदका लागि घोषणा गरेका महिला उमेदवारको नाम फिर्ता लिएको छ ।
कमल गाँउपालिकाको अध्यक्ष पदको उमेदवारका लागि पार्टीबाट टिकट पाएकी मेनका काफ्ले र हल्दीवारी गाँउपालिकाका लागि टिकट पाएकी मञ्जु सिटौलालाई फिर्ता गराउने आन्तरिक निर्णय भइसकेको एमाले स्रोतले बताएको छ ।
केही दिनदेखि घरदैलोमा जुटेकी अखिल नेपाल महिला संघकी केन्द्रीय सचिब मेनका काफ्लले भनिन, “म उमेदवार नबन्ने अवस्था बन्यो ।” लामो प्रतिकृया दिन नमानेकी उनले अगाडि भनिन्, “यसपालि पनि यस्तै भयो, म उम्मेदवार बनिन ।”
मेनकाको ठाउँमा सोही गाँउपालिकामै उपाध्यक्षका उमेदवार बनाइएका बेणु शिबाकोटीलाई ल्याउने तयारी भइरहेको बुझिएको छ ।
काफ्ले संबिधानसभा निर्वाचन २०६४ मा झापा २ बाट माओवादीका गौरीशंकर खडकासँग पराजित भएकी थिइन् ।
यसैगरी एमालेले पूर्वी झापाको हल्दीवारी गाँउपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनाएकी मञ्जु सिटौलाको ठाउँमो मोहन रेग्मी उम्मेदवार बनाउने भएको एमाले झापाका नेताहरुले बताएका छन् ।
१६ जेठ दिउँसो सम्म मतदाताकहाँ मत माग्न हिडिरहेकी सिटौलाले उम्मेदवारबाट हटाइएको बारे केहि प्रतिकृया दिएकी छैनन् ।
गोपाल गडतौला, झापा