थप समाचारबिहिबार, १६ भाद्र , २०७३

उपचार नपाउँदा गर्भवतीको मृत्यु

हिमालखबर

सुत्केरी व्यथा लागेको लामो समय बितेपनि उपचार नपाएपछि जाजरकोटमा एक युवतीको मृत्यु भएको छ ।

जिल्लाको पजारु–३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो । उपचारका लागि मोर्कबजार ल्याउँदै गर्दा गए राति बीचबाटोमै उनको ज्यान गएको हो ।

मृतक रमिता वागेश्वरी निमावि पजारुमा कक्षा ११ मा अध्ययनरत थिइन् ।
रासस

प्रतिकृया दिनुहोस