कांग्रेस पूर्व जिल्ला उपसभापति सहित चार जनाको राजीनामा
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार छनोट गर्दा पार्टीले अन्याय गरेको भन्दै चार जनाले राजीनामा दिएका छन् ।
उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै कांग्रेस अर्घाखाँचीका पूर्व जिल्ला उपसभापति श्यामनाथ कस्यप, पूर्व क्षेत्रीय सभापति रमेश खनाल, मणिराम पौडेल तथा जिल्ला कार्यसमिति सदस्य रामप्रसाद घिमिरेले राजीनामा दिएका हुन् ।
उम्मेदवार छनोटमा सहमति जुट्न नसकेपछि मतदानमार्फत टुङ्गो लगाउनुपर्ने कार्यकर्ताले माग गरेका थिए । तर, पार्टीले हस्तक्षेप गरेर उम्मेदवार टुङ्गो लगाएपछि असुन्तुष्ट पक्षले राजीनामा दिएका छन् । अर्घाखाँची कांग्रेसले केन्द्रीय सदस्य पुष्पा भुषालका भाई अच्युत गौतमलाई पाणिनी गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ ।
२०३५ देखि कांग्रेसको राजनीतिमा सक्रिय कस्यप २०४९ सालका गाविस अध्यक्ष हुन् ।