भरतपुर अपडेटः एमाले १५ सय मतले अगाडि
चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार देवि ज्ञवाली १,५०४ मतले अगाडि रहेका छन् ।
जारी मतगणनाको पछिल्लो परिणाम अनुसार ज्ञवालीले ३७,९६० मत प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालले ३६,४५६ मत पाएकी छन् ।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाहले ४०,२६१ र एमालेकी दिव्या शर्माले ३४,६३९ मत प्राप्त गरेकी छन् ।