यामाहाको सडक सुरक्षा सचेतनामा मिस नेपाल प्रतियोगी
मिस नेपाल २०१७ का प्रतियोगीहरुले यामाहाद्वारा आयोजित सडक सुरक्षा सचेतना कार्यक्रममा सहभागिता जनाएका छन् ।
उनीहरूलाई नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लुका प्रशिक्षकले सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी दिए ।
प्रतियोगीहरुलाई नेपाल प्रहरी अन्तर्गत सडक सुरक्षा युनिटका प्रहरी नायब उपरीक्षक सविन प्रधान, सडक सुरक्षा समाज नेपालका निरज धौभडेल र यामाहाका सर्टिफाइड प्रशिक्षक जीना गुरुङले सवारी हाँक्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायहरुबारे जानकारी गराए ।
कार्यशालापछि उनीहरूलाई यामाहा सेफ राइडिङ साइन्स (वाइएसआरएस) कार्यक्रममा प्रयोगात्मक अभ्याससमेत गराइएको थियो ।
मिस नेपालका प्रतियोगीहरु यामाहाको सामाजिक अभियानमासमेत सहभागिता जनाएका छन् । उनीहरूले काठमाडौंका विभिन्न स्थानमा पुगेर सवारीचालक र पैदलयात्रीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सन्देश दिएका थिए ।