हुन्डाई एक्सचेन्ज कार्यक्रम सम्पन्न
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले तीन दिने हुन्डाई एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल अन्तर्गत विराटनगर, बुटवल, धनगढी र नारायणगढका हुन्डाई शोरुममार्फत एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ग्राहकहरुले स्पट फाइनान्स, एक्सचेन्ज बोनस, टेस्ट ड्राइभलगायतका सुविधा पाएका थिए ।
कार्यक्रम ८ देखि १० जेठसम्म सञ्चालन भएको थियो । ग्राहकहरुको सुविधाको लागि एक्सचेन्ज कार्यक्रम अन्य शहरमा पनि आयोजना गर्ने कम्पनीले जनाएको छ ।