नेपाली सेलिब्रेटीको रोजाई– टाटाको कार
पछिल्लो समय नेपालका चर्चित व्यक्तित्वहरुको रोजाईमा टाटाको कार पर्न थालेका छन् । पूर्व मिस नेपाल माल्भिका सुब्बाले केही समय अगाडि टाटाको बोल्ट कार खरिद गरेकी छिन् । आकर्षक लुक्स एवं स्टाइलका कारण बोल्ट आफ्नो रोजाइमा परेको सुब्बाको भनाई छ ।
नायिका प्रियंका कार्कीले हालै टाटाको जेस्ट कार खरिद गरेकी छिन् । उनले नेपालमै बसेर पनि अन्तर्राष्ट्रिय स्तरको लक्जरीयस कारको अनुभव बटुल्न जेस्ट खरिद गरेको जानकारी दिइन्।
नेपाल राष्ट्रिय फुटबल सङ्घका पूर्व कप्तान हरि खड्का पनि टाटाको टियागो कार चढ्ने गर्छन् । प्रविधि, फ्यूल क्षमता, आरामदायी यात्रालगायतका विशेष सुविधाले टियागो रोजाइमा परेको उनको भनाई छ । त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले पनि जेस्ट कार चढ्न थालेका छन् ।
आकर्षक लुक्स, उत्कृष्ट पर्फमेन्स, माइलेज र स्टाइल टाटा कारको विशेषता भएको कम्पनीले दाबी गरेको छ ।