सिभिल बैङ्कको खुशीका योजना
सिभिल बैङ्क लिमिटेडले “सिभिल बैङ्क खुशीका योजना” ल्याएको छ ।
खुशीका योजना अन्तर्गत ९ महिने मुद्दतीमा १२.७५ प्रतिशत वार्षिक ब्याजदर र ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिने बैङ्कले जनाएको छ ।
त्यस्तै यो योजना अन्तर्गत बचत खातामा ८.२५ प्रतिशत वार्षिक ब्याजदर र आश्बा सेवासमेत निःशुल्क हुने बैङ्कले जानकारी दिएको छ ।